राजनीति


राष्ट्रपति पौडेलले जापानी सम्राट नारुहितोलाई भेट्ने, यस्तो छ भ्रमण तालिका

राष्ट्रपति पौडेलले जापानी सम्राट नारुहितोलाई भेट्ने, यस्तो छ भ्रमण तालिका

नेपालखबर
माघ १६, २०८२ शुक्रबार १५:२२, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जापानको औपचारिक भ्रमणमा जाने भएका छन्। 

पौडेलले माघ १८ गतेदेखि २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ। नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा राष्ट्रपति पौडेले जापान जान लागेका हुन्। 

जापान सरकारको निमन्त्रणा हुन लागेको औपचारिक भ्रमणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेलले नेपाल एयरलाइन्सको उडानबाट माघ १८ गते राति प्रस्थान गर्ने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए।

भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यही दिन राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री ताकाइची सानाएले भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव राईले बताए। 

त्यस्तै, माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता हुनेछन्। भ्रमणका अवसरमा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। 

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग बैठकमा सहभागिता जनाउने भएका छन्। यससँगै जापानस्थित नेपाली राजदूतावासले राष्ट्रपतिको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। 

राष्ट्रपति पौडेलका साथ उनकी पत्नी सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारी रहनेछन्। भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेलले माघ २१ गते नेपाल एयरलाइन्सबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad