राजनीति


उम्मेदवारी दर्ता उत्साहजनक: बेलुकासम्म २ हजार ५ सयभन्दा बढीको मनोनयन

उम्मेदवारी दर्ता उत्साहजनक: बेलुकासम्म २ हजार ५ सयभन्दा बढीको मनोनयन

नेपालखबर
माघ ६, २०८२ मंगलबार १७:१०, काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मनोनयन दर्ता प्रक्रिया उत्साहजनक रूपमा भएको छ। निर्वाचन आयोगका अनुसार सोमबार निर्धारित समयभित्रै मुख्य दलका शीर्ष नेतादेखि स्वतन्त्र उम्मेदवारहरूले आ–आफ्नो क्षेत्रमा मनोनयन पत्र दर्ता गराएका छन्।

आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले दिएको जानकारीअनुसार अपराह्न ४ः४५ बजेसम्म देशभरबाट कूल २ हजार १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 'यो प्रारम्भिक तथ्याङ्क हो, दुर्गम जिल्लाहरू र केही निर्वाचन अधिकृतको कार्यालयबाट विवरण प्रविष्ट हुने क्रम जारी रहेकाले उम्मेदवारको संख्या अझै बढ्नेछ, नेपालखबरसँग उनले भने।

मुलुकभरका १६५ वटा निर्वाचन क्षेत्रमा बिहान १० बजेदेखि नै उम्मेदवारहरू बाजागाजा र समर्थकको जुलुससहित मनोनयन दर्ताका लागि पुगेका थिए। साँझ ५ बजेसम्म कार्यालय प्रवेश गरेकाहरूलाई दर्ताको समय दिइएकाले अन्तिम नामावली रातीसम्म मात्र यकिन हुने आयोगले जनाएको छ ।

झापा सामान्य विवाद र झडपका घटना भए पनि समग्रमा मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण रहेको उनले बताए। अब आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने, दाबी विरोध गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका अनुसार प्रक्रिया अघि बढाउनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad