नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वमा उम्मेदवारी दर्ता गराएका छन्।
बाजा गाजासहित पुगेका प्रण्डले आगामी फागनुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
प्रचण्ड पहिलो पटक त्यहाँबाट चुनाव लड्न लागेका हुन्। सधै चुनाव क्षेत्र परिवर्तन गर्नेगरेका प्रचण्ड गोरखा-२ को क्षेत्र छोडेर रुकुम पूर्व पूगेका हुन्।
माओवादी युुद्धका सहिद लक्षीराम केसीका छोरा जीवन खड्को पस्तावमा प्रचण्ड उम्मेदवार बनेका हुन्
उनलाई अर्का युवा कालिप्रसाद रोक्काले पनि पस्ताव गरेका थिए। समर्थक भने भिउमान घर्ती र कुमारी बराल गौतम थिए।

39
Shares

प्रतिक्रिया