जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सप्तरीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।
उनले शैलेन्द्र साहलाई प्रस्तावक र बिक्की यादवलाई समर्थक राखेर उम्मेदवारी दर्ता गरेका हुन्।
०७९ को निर्वाचनमा यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित बनेका थिए। पछि उपनिर्वाचनमा उनी फेरि कांग्रेस, माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनबाट बारा २ बाट निर्वाचित बनेका थिए।
यादवले यसपटकको चुनावमा निर्वाचन क्षेत्र परिवर्तन गरेका हुन्।
जनमत पार्टीका अध्यक्ष डा.सीके राउत भने यो निर्वाचन पनि सप्तरी २ बाटै उम्मेदवार बन्ने तयारीमा छन्।
99
Shares

प्रतिक्रिया