देशभर अहिलेसम्म ८ सयभन्दा बढी जनाले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराइसकेका छन्।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले नेपालखबरलाई दिएको जानकारीअनुसार दिउँसो २ बजेसम्म देशभर ८ सय ६१ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
राजनीतिक दलका शीर्ष नेतामध्ये नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ मा उम्मेदवारी दर्ता गराइसकेका छन्।
यसबाहेक नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायत उम्मेवारी दिन निर्वाचन कार्यालय पुग्दै छन्।
बिहान १० बजेदेखि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउने क्रम जारी छ।
आयोगले उम्मेदवारी दर्ताको समय साँझ ५ बजेसम्मका लागि तोकेको छ।
गत भदौमा भएको जेनजी आन्दोलनका कारण झन्डै २ वर्षअघि हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि २५ नयाँसहित १४३ राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए।
Shares

प्रतिक्रिया