राजनीति


झापा–५ मा बालेन्द्रको उम्मेदवारी: मिडियासँग जोगिँदै बाहिरिए

झापा–५ मा बालेन्द्रको उम्मेदवारी: मिडियासँग जोगिँदै बाहिरिए

उम्मेदवार बालेन शाह


नेपालखबर
माघ ६, २०८२ मंगलबार १३:७, दमक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले दर्ता नम्बर ४ मा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

बिहान ११:१० बजे निर्वाचन कार्यालय पुगेका शाहको मनोनयन प्रक्रिया कागजात अपूर्ण हुँदा केही समय लम्बिएको थियो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारका लागि आवश्यक प्रस्तावक र समर्थकको विवरण, फोटो तथा सम्पत्ति विवरणलगायतका फारमहरू नभरी ल्याइएका कारण प्रक्रिया टुंग्याउन करिब डेढ घण्टा ढिलाइ भएको थियो।

शाहको उम्मेदवारीमा भूमिनन्द बराल प्रस्तावक र भेषराज भट्टराई समर्थक रहेका छन्।

मनोनयन दर्ता गरेर बाहिरिने क्रममा शाहले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन्। झापा–५ नै रोज्नुको कारण र चुनावी एजेन्डाबारे पत्रकारहरूले राखेको जिज्ञासामा उनले बोल्न इन्कार गरे। 

उम्मेदवारी दर्ताको फोटो र भिडियो खिच्न खोज्ने सञ्चारकर्मीलाई उनले 'बाहिर जानुस्' भन्दै कार्यकक्षबाट निस्कन आग्रह गरेका थिए।

सञ्चारकर्मीको बाक्लो उपस्थिति र निरन्तरको फलोका बीच शाह कुनै औपचारिक प्रतिक्रिया नदिई बाहिरिएका हुन्। यसअघि उम्मेदवारी दर्ताको तयारीका क्रममा उनी केही हडबडाएको देखिएका थिए। दिउँसो १२:४० बजे मनोनयनको सबै प्रक्रिया सकेर उनी कार्यालयबाट निस्किएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र समेत रहेको झापा–५ मा शाहको उम्मेदवारीलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ। तामझामसहित निर्वाचन कार्यालय पुगेका शाहका समर्थकहरूले दमकमा शक्ति प्रदर्शन समेत गरेका थिए।

यो पनि : सम्पत्ति विवरणलगायतका फारम नभर्दा बालेनको मनोनयनमा ढिलाइ

ओलीको तालिकाः पहिला जलेको आफ्नै घर जाने, त्यसपछि उम्मेदवारी दर्ता

बालेनले झापा-५ बाट दर्ता गरे उम्मेदवारी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad