भारतीय जनता पार्टी (भाजपा) को राष्ट्रिय अध्यक्षमा नितिन नवीन निर्विरोध चयन भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार भाजपा मुख्यालयमा उनी अध्यक्ष निर्वाचित भएको घोषणा गरिएको हो।
भाजपाका नवनिर्वाचित अध्यक्ष नितिन नवीनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले माला लगाएर स्वागत गरे।
मोदीले भने, ‘भाजपा यस्तो पार्टी हो, मानिसहरूले सोच्न सक्छन्- मोदीजी यति सानो उमेरमा मुख्यमन्त्री बनेका थिए। सरकार प्रमुख बने। सबैभन्दा ठूलो कुरा के हो भने म भाजपाको कार्यकर्ता हुँ। नितिनजी मेरो बोस हुनुहुन्छ, म कार्यकर्ता हुँ।’
सोमबार भाजपा मुख्यालयमा अध्यक्ष पदका लागि चुनाव आयोजना गरिएको थियो।
अन्य कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता नगरेपछि नवीन निर्विरोध निर्वाचित भएका हुन्।
नितिन २०२५ डिसेम्बर १४ सम्मका लागि पार्टीको कार्यवाहक अध्यक्ष भएका थिए।
Shares

प्रतिक्रिया