कास्की क्षेत्र नंबर २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट किरण थापा ‘आमोद’ले उम्मेदवारी दर्ता गराएका छन्।
उनी माओवादी युुद्धका कमान्डर हुन्। उनी चर्चित गजुरी प्रहरी पोस्ट आक्रमणको बेला चर्चित थिए। सेना समायोजन नरोजेका उनी लामो समय डा.बाबुराम भट्टराई निकट थिए।
त्यस्तै कास्की-२ मै रास्वपा उम्मेदवार उत्तमप्रसाद पौडेलले उम्मेदवारी दिएका छन्। उनी संचार क्षेत्रबाट राजनीतिमा लागेका हुन्।
सभापति रवि लामिछानेले ग्यालेक्सी टिभी छाडेपछि उत्तम रास्वपा जोडिएका हुन्। त्यसअघि उनी नेपाली कांग्रेस निकट थिए।
21
Shares

प्रतिक्रिया