नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजन नभएको जिकिर गरेका छन्।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस एकढिक्का रहेको बताएका हुन्। सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा खड्काले भने, ‘पार्टी विभाजन भएको छैन। नेपाली कांग्रेस एउटै छ।’
उनले १४औँ महाधिवेशनबाट निर्वाचन कार्यसमिति यथावत रहेको बताए। ‘नेपाली कांग्रेस शेरबहादुर देउवाको नेतृत्वमा छ। १४औँ महाधिवेशन निर्वाचित गरेको कार्यसमिति, पार्टी पंक्ति छ। सबै तहका कार्यसमिति छन्,’ खड्काले भने, ‘नेपाली कांग्रेस विभाजित भएको छैन।’
कांग्रेसको विवादले आगामी प्रतिनिधि सभाको निर्वाचनबारे आशंका उब्जिएका छन्। यस विषयमा सोधिएको प्रश्नमा उनले कांग्रेस निर्वाचनमा जाने बताए। ‘चुनाव हुन्छ। एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ,’ कार्यवाहक सभापति खड्काले भने, ‘कांग्रेसले बहुमत ल्याउँछ।’
Shares

प्रतिक्रिया