राजनीति


कांग्रेस विद्रोहको परकम्प: गगन-विश्वले नयाँ कार्यसमिति बनाएपछि देउवा पक्ष मुख खोल्दै

कांग्रेस विद्रोहको परकम्प: गगन-विश्वले नयाँ कार्यसमिति बनाएपछि देउवा पक्ष मुख खोल्दै

नेपालखबर
माघ २, २०८२ शुक्रबार ९:५६, काठमाडौँ

नेपाली कांग्रेसबाट गगन थापा समूहले विशेष महाधिवेशन सम्पन्न गरी अधिकारिकता दाबी गरेपछि शेरबहादुर देउवा पक्षले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन मार्फत नयाँ कार्यसमिति घोषणा गरेपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्न लागेका हुन्।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, आज दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ। उक्त सम्मेलनमा देउवा समूहले पछिल्लो विकसित घटनाक्रम र आगामी कदमबारे स्पष्ट पार्ने बुझिएको छ।

केही समयदेखि पार्टी नेतृत्वसँग असन्तुष्ट रहँदै आएको गगन–विश्व समूहले चालेको पछिल्लो कदमले कांग्रेसभित्र ठूलो हलचल पैदा गरेको छ। विधान विपरीत छुट्टै कार्यसमिति घोषणा गरिएको भन्दै देउवा पक्ष आक्रोशित छ। गगन-विश्व पक्ष पार्टी सुधारका लागि वैधानिक कदम चालिएको बताउँदै आएको छ।

कांग्रेसको यो आन्तरिक द्वन्द्वले राष्ट्रिय राजनीति समेत तरङ्गित छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad