राजनीति


गगन थापा र विश्वप्रकाश शर्मा देउवा निवासमा

गगन थापा र विश्वप्रकाश शर्मा देउवा निवासमा

फाइल तस्बिर : शेरबहादुर देउवा र गगन थापा


नेपालखबर
पुस ३०, २०८२ बुधबार ९:८, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबिच पार्टी विवादबारे अहिले वार्ता भइरहेको छ। 

देउवा निवास महाराजगन्जमा उनीहरूबिच छलफल भइरहेको हो। 

वार्तामा सहभागी एक नेताले नेपालखबरलाई दिएको जानकारीअनुसार देउवाले सहमतिका लागि संवाद गर्न बोलाएपछि दुवै महामन्त्री देउवा निवास पुगेका हुन्।

विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय थापा र शर्मा देउवाले नेतृत्व छाड्नुपर्ने अडानमा छन्। तर यसका लागि देउवा तयार नभएपछि दुई पक्षबिच मंगलबार दिनभर र रातभर वार्ता भए पनि सहमति हुन सकेन। 

काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गरेपछि देउवाले दुवै महामन्त्रीलाई बुधबार बिहानै आफ्नो निवास महाराजगन्ज बोलाएका हुन्।

अहिले उनीहरूबिच छलफल जारी रहेको त्यहाँ सहभागी एक नेताले जानकारी दिए।

देउवा निवासमा वार्ता समितिमा रहेका नेताहरू रमेश लेखक, बालकृष्ण खाण, जीवन परियार, मिनेन्द्र रिजाललगायत शीर्ष नेता पनि छन्। 

सहमतिकाे अन्तिम प्रयासस्वरूप आसन्न निर्वाचनकाे टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर रहने व्यवस्था गर्न संस्थापन पक्ष लचक हुने सम्भावना देखिएको छ। 

‘सभापति देउवा त्यसका लागि तयार देखिनुभएको छ’, देउवानिकट स्राेतले नेपालखबरसँग भन्यो।

यसअघि नै संस्थापन पक्ष विशेष महाधिवेशनकाे दस्तावेज केन्द्रीय समितिमा अध्ययन, संशोधन र परिमार्जन गरेर ग्रहण गर्न सहमत भइसकेको छ।

यस्तै २०८० फागुनमा सम्पन्न महासमिति बैठकका निर्णय लागु गर्न पनि संस्थापन तयार छ। 

यसैगरी आसन्न प्रतिनिधिसभा निर्वाचनकाे टिकट वितरणका लागि संसदीय बाेर्ड बनाउन संस्थापन पक्ष सहमत भएकाे थियाे।

एक नेताका अनुसार टिकट न्यायाेचित ढंगले वितरण गर्ने, संसदीय बाेर्डकाे निर्णय नै कार्यान्वयन गर्नेलगायत कुरामा दुवै पक्ष सहमतिमा पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad