राजनीति


कांग्रेस विशेष महाधिवेशनमा संवैधानिक राजतन्त्र पुनर्बहालीको प्रस्ताव

कांग्रेस विशेष महाधिवेशनमा संवैधानिक राजतन्त्र पुनर्बहालीको प्रस्ताव

नेपालखबर
पुस २९, २०८२ मंगलबार १५:१२, काठमाडौँ

नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले संवैधानिक राजतन्त्रलाई पुनःबहाली गर्न देशमा क्रियाशील सबै शक्तिहरूसँग छलफल गर्नुपर्ने बताएका छन्।

मंगलबार नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा गण्डकी प्रदेशको तर्फबाट आफ्ना धारणा राख्दै उनले यस्तो प्रस्ताव गरेका हुन्।

राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सनातन धार्मिक स्वतन्त्रता, हिन्दु धर्म पुनःबहाली गर्न माग गरे। गणतन्त्रै हो भनेपनि प्रतिक्रियावादीहरूले उठ्न नसक्ने गरी व्यवस्था गर्नुपर्ने उनले बताए। उनले देश र जनता बचाउनु पहिलो काम भएको पनि बताए। 

उनले भने, ‘विशेष महाधिवेशनलाई ऐतिहासिक बनाउन माग गर्दछौँ। राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सनातन धार्मिक स्वतन्त्रता, हिन्दु धर्म पुनःबहाली गरौँ। संवैधानिक राजतन्त्रलाई पुनःबहाली गर्न देशमा क्रियाशिल सबै शक्तिहरुसँग विचार विमर्श गरौँ। गणतन्त्रै हो भनेपनि प्रतिक्रियावादीहरुले उठ्न नसक्ने गरी व्यवस्था गरौँ।’

नेता शर्माले देशमाथि परिरहेको संकटको समाधान गर्न नेपाली कांग्रेसको नेतृत्वको खोजि भइरहेको बताए। 

उनले देश विकासमा जुट्न अब ढिलो भइसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad