राजनीति


गगन-विश्वका राजनीतिक एजेन्डा ठिक देखिए: एमाले नेता गोकुल बास्कोटा

गगन-विश्वका राजनीतिक एजेन्डा ठिक देखिए: एमाले नेता गोकुल बास्कोटा

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०८२ मंगलबार ८:३९, काठमाडौँ

नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले कांग्रेसमा जतिसुकै विवाद देखिए पनि पार्टी नफुट्ने बताएका छन्। 

सामाजिक सञ्जालमा उनले कांग्रेसमा मध्यवामपन्थी संस्कारयुक्त लुब्रिकेन्ट रहेको भन्दै त्यसले कांग्रेसलाई फुट्न नदिने बताएका हुन्।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका राजनीतिक एजेण्डा ठिक देखिएको भन्दै एमाले नेता बास्कोटाले उनीहरुलाई ४० प्रतिशतवाला देउवापथमा नलाग्न पनि सुझाव दिएका छन्। 

‘कांग्रेस रबर हो, जो तन्कन्छ चुँडिदैन। त्यहाँ वामपन्थी जार्गनयुक्त बालहठ भन्दा बढी मध्यवामपन्थी संस्कारयुक्त लुब्रिकेन्ट छ,’  बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मातृका र देउवा अपवाद हुन्। देउवाले पार्टी मात्र फुटाएनन् डेमोक्रेसी नै दरवारमा बुझाई दिए। गगन-विश्वका राजनितक एजेडा ठिक देखिए पनि ४० प्रतिशतको देउवापथ उनीहरुले त्यागून्।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad