कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियारलाई खानेपानी मन्त्रालयको जिम्मेवारी थपिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार परियारलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी दिएका हुन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार, आइतबार मन्त्रीको कार्यभार हेरफेर गरिएको हो।
यसअघि खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्दै आएका थिए।
45
Shares

प्रतिक्रिया