नेपाल क्रिकेट संघ (क्यान)ले महिला टी२० ग्लोबल क्वालिफायर प्रतियोगिताका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।
काठमाडौँमा जनवरी १२ देखि फेब्रुअरी १ आयोजना हुने प्रतिगोगीतामा नेपाली टोलीको नेतृत्व इन्दु बर्माले गर्ने छिन्।
ग्लोबल क्वालिफायरमा १० देश सहभागी हुनेछन्। तीमध्ये शीर्ष चार देश सन् २०२६ को जुनमा इङल्याण्डमा हुने महिला टी२० विश्वकपमा छनोट हुनेछन्।
ग्लोबल क्वालिफायरको समूह ‘ए’ मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे छन् भने समूह ‘बी’ मा नेपालसहित बङ्गलादेश, नामिबिया, नेदरल्याण्ड र पपुवा न्यूगिनी परेका छन्।
नेपाली टोलीः इन्दु बर्मा, पूजा महतो, सिता राना मगर, काजल श्रेष्ठ, रचना चौधरी, सुमन विष्ट, बिन्दु रावल, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रुबिना क्षेत्री, सम्झना खड्का, कविता कुँवर, रोमा थापा, मनीषा उपाध्याय। 
Shares

प्रतिक्रिया