राजनीति


आशिका भन्छिन्ः निमुखाको लागि छुट्याएको समानुपातिकमा त ‘मिस नेपाल’ ले पो अवसर पाउने रहेछन्

आशिका भन्छिन्ः निमुखाको लागि छुट्याएको समानुपातिकमा त ‘मिस नेपाल’ ले पो अवसर पाउने रहेछन्

नेपालखबर
पुस १५, २०८२ मंगलबार २२:११, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरूको बन्द सूचीप्रति अभियान्ता आशिका तामाङले असन्तुष्टि जनाएकी छन्। 

समानुपातिक सूचीमा सेलिब्रेटी, व्यापारी र आफन्तलाई राखिएको भन्दै उनले असन्तुष्टि जनाएकी हुन्। 

तामाङले नयाँ दलहरू पनि पुरानै दल जस्तै देखिएको भन्दै आपत्ति जनाइन्। 

सामाजिक सञ्जालमा आशिका लेख्छिन्, ‘मलाई त लागेको थियो नयाँबाट एउटा पनि गल्ती हुने छैन र पुरानाले औंला उठाउने मौका पाउने छैनन् ! तर त्यस्तो त होइन रहेछ। यहाँ त निमुखा वर्ग र जातीहरूका लागि छुट्याइएको कोटाहरूमा त मिस नेपाल हुने रहेछन्। आफ्नो ससुराबा, देश बेचुवा ठेकेदारको छोरा, आफ्नो आगडि पछाडि दौडिरहने आसेपासे, हुँदा हुँदा छिमेकी र अझ त्यतिले नपुगेर सानोमा स्कुल पढ्ने साथी सांसद र मन्त्री हुने अवसर पाउने रहेछ!’

स्मरणीय छ, रास्वपाको समानुपातिक सूचीमा गायक प्रकाश सपुतदेखि गायिकाद्वय सत्यकला राई, डा। त्रिशला गुरुङ, अभिनेता आशिफ साह, अभिनेत्री रिमा विश्वकर्मा, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ र पूर्वमिस्टर नेपाल तथा चिकित्सक डा. रुपक विश्वकर्मा घिमिरे रास्वपाको समानुपातिक सूचीमा परेका छन्।

यस्तै, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ पनि समानुपातिक उम्मेदवार बनेकी छन्।

रास्वपाले सभापति रवि लामिछानेको गृहजिल्ला चितवनबाट २१ जना सूचीमा पार्दा सुदूरपश्चिम प्रदेशबाट दुई जनामात्रै परेपछि पार्टी भित्र र बाहिर आलोचना भइरहेको छ।

आफैँले बनाएको विधि मिचेर समानुपातिक सूची बुझाएपछि रास्वपामा तनाव

समानुपातिक सूचीप्रति रक्षा बमको असन्तुष्टिः सांसद पद बिक्री र नातेदार भर्ती गर्ने केन्द्र बनाए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad