राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऊर्जामन्त्री कुलमान घिसिङलाई वरिष्ठ उपसभापति बनाउने सहमति गरेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रश्न गरेका छन्।
पटकपटक र लामो छलफलपछि सोमबार राति काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनसमेतको सहभागितामा रास्वपा र कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकता सहमति भएको हो।
सहमतिअनुसार कुलमान रास्वपाको वरिष्ठ उपसभापति बन्नेछन्।
यसैप्रति एमाले महासचिव पोखरेलले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत प्रश्न तेर्स्याएका हुन्।
उनले लेखेका छन्, ‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु कति उचित हो?’
1.1k
Shares

प्रतिक्रिया