राजनीति


कुलमानलाई रवि पछिको दोस्रो वरीयतासहित वरिष्ठ उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने

कुलमानलाई रवि पछिको दोस्रो वरीयतासहित वरिष्ठ उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने

नेपालखबर
पुस १४, २०८२ सोमबार २०:२९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने सहमती भएसँगै उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ वरिष्ठ उपसभापति हुने भएका छन्।

सोमबार रास्वपाका सभापति रवि लामिछानेसँग भएको वार्तामा दुई पार्टी एकीकरणको सहमती जुटेको हो। 

सहमती अनुसार घिसिङले दोस्रो वरियतासहित वरिष्ठ उपसभापति पाउने र रास्वपाको महामन्त्री पनि उज्यालो नेपाल पार्टीबाटै बनाइने भएको छ।

गणेश घिसिङले नेपालखबरलाई दिएको जानकारी अनुसार दुई पार्टीबीच केन्द्रीय समितिदेखि आगामी निर्वाचनमा उम्मेदवार बाँडफाँडमा समेत सहमती भएको हो। 

‘एउटै पार्टी बनाएर जाने सहमती भएको छ। तत्काललाई राष्ट्रिय स्वतन्त्र पार्टी नै रहन्छ। तर चुनावको प्रचार गर्दा उज्यालो नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी लेखेको ब्यानर रहनेछ’, घिसिङले भने। 

निर्वाचन आयोगमा समानुपातिक तर्फको सूची बुझाउने अन्तिम क्षणमा यी दुई पार्टीबीच सहमती जुटेको हो। यसअघि पटक पटक भएका दुई पक्षीय र बालेनसहितका त्रिपक्षीय वार्ता सहमतीमा पुग्न सकेका थिएनन्।

त्यसपछि दुवै पार्टीले आ आफ्नो तर्फबाट समानुपातिक तर्फको बन्द सूची बुझाउने तयारी गरिरहँदा अकस्मात वार्तामा जुटेका थिए। 

सोही वार्ताले दुई पार्टीलाई एक बनाउने सहमतीमा पुर्‍याएको हो। यो सहमतीसँगै अब समानुपातिक तर्फको सूची पनि एउटै बुझाउने भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad