राजनीति


राप्रपाको समानुपातिक सूचीको पहिलो नम्बरमा को छ?

राप्रपाको समानुपातिक सूचीको पहिलो नम्बरमा को छ?

फाइल तस्बिर


नेपालखबर
पुस १५, २०८२ मंगलबार ११:७, काठमाडौँ

राजावादी दलको रुपमा चिनिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगमा समानुपातिकतर्फ ११० जना उम्मेदवारको सूची बुझाएको छ। 

पुराना र नयाँ अनुहार समेटेर समानुपातिक बन्दसूची तयार गरिएको राप्रपाले जनाएको छ। 

प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाको सूचीमा जनजाति तर्फ तोरणबहादुर गुरुङको नाम पहिलो नम्बरमा छ। 

त्यसैगरि खस आर्य क्लस्टरको पुरुष तर्फ भरत गिरी, थारु कल्सटरको पहिलो नम्बरमा गिरीधारी चौधरी, दलितको पहिलो नम्बरमा अमर परियार, मधेसीको पहिलो नम्बरमा प्रल्हाद क्षेत्री र मुस्लिमको पहिलो नम्बरमा ताहिर अलि भाट छन्। 

त्यसैगरि जनजाति तर्फ महिला क्लस्टरमा सरस्वती लामाको नाम पहिलो नम्बरमा छ। खय आर्यको महिला तर्फ खुस्बु ओली पहिलो नम्बरमा छिन् भने थारुतर्फ इन्दु चौधरी समानुपातिक सूचीको पहिलो नम्बरमा छिन्। 

त्यसैगरि दलित तर्फको महिलामा मिना बिकको नाम पहिलो नम्बरमा छ। मधेसीतर्फ निरुपमा यादव र मुस्लिम तर्फ नजिमा खातुनलाई राप्रपाले समानुपातिकतर्फ पहिलो नम्बरको उम्मेदवार बनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad