राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित हुने सहमतिपछि ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा) ले आफ्नातर्फबाट समानुपातिक उम्मेदवार बनाउनेको नामावली पठाएको छ।
जसमा उसले प्राध्यापक डा. महेन्द्र लावतीदेखि अभिनेत्री रिमा विश्वकर्मासम्मलाई समेटेको छ।
यस्तो छ अहिलेसम्म प्राप्त सूची:
-डा. महेन्द्र लावती (पाँचथर) र धर्मलाल तामाङ (काभ्रे), (पुरुष आदिवासी जनजाति)
-माया डोल्मा लामा (काठमाडौँ), तुलसा वाइबा (सिन्धुली), लाक्पा फुटी शेर्पा (सोलुखुम्बु) र त्रिशाला गुरुङ (काठमाडौँ) (महिला आदिवासी जनजाति)
-देवकी पौडेल (नुवाकोट), सीतादेवी पाण्डेय (रुपन्देही) र सरला लामिछाने (चितवन) (महिला खस-आर्य)
-अनुपकुमार उपाध्याय (ललितपुर), दुर्गाबहादुर घिमिरे (रामेछाप) र कुमारराज सुवेदी (काठमाडौँ) (पुरुष खस-आर्यतर्फ)
-रिमा विश्वकर्मा, बर्दिया (महिला दलित)
-राजदेव राम, सप्तरी (पुरुष दलित)
-अभिषेकराज सिंह, सर्लाही (पुरुष मधेसी)
-मनीष कुमारी (महोत्तरी) (महिला मधेसी)
-सोमप्रसाद चौधरी (बर्दिया) (पुरुष थारू)
-बालिका चौधरी (बर्दिया) (महिला थारू)
सोमबार राति मात्र रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उनेपा संरक्षक कुलमानबीच राजनीतिक एकताको सहमति भएको हो।
सहमतिअनुसार उज्यालो नेपाल पार्टीले रास्वपाको केन्द्रीय कमिटिमा वरिष्ठ उपसभापति र महामन्त्री पदसहित र ३० प्रतिशत हिस्सा पाउनेछ।
वरिष्ठ उपसभापतिमा कुलमान आफैँ जाने भए पनि महामन्त्री कसलाई पठाउने भन्ने पार्टीले निर्णय गर्न बाँकी छ।
Shares

प्रतिक्रिया