राजनीति


रवि र बालेनसँग छलफलमा कुलमान, उज्यालो नेपालका नेता आयोगमा

रवि र बालेनसँग छलफलमा कुलमान, उज्यालो नेपालका नेता आयोगमा

तस्बिर : विशाल कार्की


नेपालखबर
पुस १४, २०८२ सोमबार १७:११, काठमाडौँ

उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहसँग छलफलमा छन्। 

प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउने समय घर्किँदै गर्दा कुलमानलाई फकाउन रवि र बालेनले अन्तिम प्रयास गरेका हुन्। 

उता कुलमान वार्तामा हुँदा यता उज्यालो नेपालका नेताहरू भने निर्वाचन आयोगमा पुगेका छन्। बन्दसूची पेस गर्ने आज अन्तिम दिन भएकाले त्यसको निस्सा लिन उनीहरू निर्वाचन आयोग पुगेका हुन्।

निस्सा लिइसकेपछि अबेरसम्म गरेर भए पनि सूची बुझाउन पाइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad