राजनीति


जेनजी आन्दोलनका दिन रमेश लेखकले सुरक्षा निकायलाई दिएका तीन निर्देशन

जेनजी आन्दोलनका दिन रमेश लेखकले सुरक्षा निकायलाई दिएका तीन निर्देशन

नेपालखबर
पुस १४, २०८२ सोमबार १५:१८, काठमाडौँ

जेनजी आन्दोलन सुरु भएको दिन तत्कालीन गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायलाई तीन निर्देशन दिएको बताएका छन्। 

सोमबार जेनजी आन्दोलन जाँचबुझ आयोगलाई दिएको बयानमा लेखकले आफूले दिएको निर्देशनबारे जानकारी गराएका छन्। उनले त्यो दिन बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सुरक्षा निकायलाई तीन वटा निर्देशन दिएको बयानमा उल्लेख गरेका छन्। 

जाँचबुझ आयोगसँगको बयानमा लेखकले भनेका छन्, ‘सुरक्षा निकायलाई त्यस दिन मैले गृहमन्त्रीको हैसियतले प्रष्ट रुपमा दुई–तीन कुरा भनेको थिएँ।’

तत्काली गृहमन्त्री लेखकले सुरक्षा निकायलाई दिएको पहिलो निर्देशनमा आन्दोलनमा सहभागीको ज्यान जाने अवस्था आउन नदिनू भनेका थिए। आफूले दिएको निर्देशनबारे बताउँदै लेखकले भने, ‘पहिलो, कुनै हताहति (क्याजल्टी) नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस्। यसबारे सचेत रहनुहोला, सावधानी अपनाउनुहोला।’

दोस्रो निर्देशनमा सुरक्षा व्यवस्था मिलाउन भनेको लेखकले बयानमा बताएका छन्। ‘समन्वयात्मक रुपमा शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाउनु होला,’ लेखकले बयानमा भनेका छन्। 

तेस्रो, घुसपैठका विषयमा निर्देशन दिएको लेखकको भनाइ छ। ‘यो कुनै राजनीतिक समहूको प्रदर्शन नभएकाले नेतृत्वविहीन हुनसक्छ। प्रदर्शनमा घुसपैठ हुन सक्छ, शतर्कता अपनाउनुहोला,’ लेखकले बयानमा भनेका छन्, ‘मैले बैठकमा दिएको निर्देशनको सार यति मात्रै हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad