एक महिनाअघि गठन भएको नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक उम्मेदवार टुंग्याउने जिम्मा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले पाएका छन्।
आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आयोगले आजसम्ममा समानुपातिक उम्मेदवारको नाम बुझाउन समय दिएको छ। केही दलले हिजै समानुपातिक उम्मेदवारको नामावली बुझाएका छन्।
नेकपाले एकता प्रक्रियामा आएका सबै घटकलाई मिलाएर समानुपातिक सूची तयार गर्ने जिम्मा संयोजक प्रचण्ड र सहसंयोजक नेपाललाई दिएको हो।
देशका ७७ वटै जिल्लाबाट समानुपातिक उम्मेदवारको नामावली आएको नेकपाले जनाएको छ।
समानुपातिक सूचीलाई अन्तिम रूप दिएर आजै निर्वाचन आयोगमा बन्दसूची बुझाउने जानकारी नेकपाका नेता शक्ति बस्नेतले दिएका छन्।
प्रतिनिधिसभामा समानुपातिकबाट ११० सदस्य छनोट हुने संवैधानिक व्यवस्था छ।
Shares

प्रतिक्रिया