राजनीति


कर्मचारीलाई सेवा प्रवाह र सुशासनमा ध्यान दिन गृहमन्त्री अर्यालको निर्देशन

कर्मचारीलाई सेवा प्रवाह र सुशासनमा ध्यान दिन गृहमन्त्री अर्यालको निर्देशन

नेपालखबर
पुस ११, २०८२ शुक्रबार २१:७, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै प्रशासनिक सुशासनमा विशेष ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सार्वजनिक सूचना प्रणाली तथा टोकन प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो निर्देशन दिएका हुन्।

उनले सुशासन र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले सुशासन कायम गर्न नसकेकै कारण निर्वाचित जनप्रतिनिधिको म्याण्डेट भंग भएको उल्लेख गर्दै कर्मचारीहरुले पनि जेनजी पुस्तालाई चुनौतीको रुपमा लिएर कार्यसम्पादन गर्नुपर्ने बताए।

गृहमन्त्री अर्यालले भने, ‘यदि सुशासन दिन सकिएन भने निर्वाचितहरुको म्याण्डेट पनि बिचैमा भंग हुन्छ। जुन कुराको अहिले जेनजी पुस्ताका साथिहरुले पुष्टि गरिसक्नुभएको छ। कसैले म त जागिरमा छु काम गर्न पाइहाल्छु नि भनेर सोच्छ भने यदि जेनजी पुस्ता असन्तुष्ट हुनुभयो भने बिचैमा म्याण्डेट भंग पनि हुनसक्छ। त्यसकारण यसलाइृ हामी एउटा चुनौतीको रुपमा सम्झिनुपर्छ। यदि हामीले सेवा प्रवाह प्रभावकारी हिसाबले गर्न सकेनौँ र सुशासन कायम गर्न सकेनौँ भने हामीले जेनजी युवाहरुको चुनौती सामना गरिरहनुपर्छ।’

सेवा प्रवाह प्रभावकारी बनाउँदै मुलुकमा सुशासन कायम गर्न नसके सरकार निरन्तर युवापुस्ताको दबाब र चुनौती सामना गर्न बाध्य हुने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad