राजनीति


मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल

मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल

नेपालखबर
पुस ६, २०८२ आइतबार १६:३८, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिँगै मुलुक निर्वाचनम होमिएको दाबी गरेका छन्।

ठूला राजनीतिक दलहरूले निर्वाचनको वातावरण बनाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला उनले सो दाबी गरेका हुन्। आइतबार सिंहदरबारमा आफूले सय दिन सम्पादन गरेका कामहरूबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर निर्वाचनको वातावरण छाएको बताएका हुन्।

उनले सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा काम गरिरहेको जिकिर समेत गरे। सञ्चारमन्त्री खरेलले सरकार जेन–जी आन्दोलनको मर्मअनुसार अघि बढेको समेत दोहोर्‍याए।

उनले भने,‘मुलुक अहिले चुनावमा होमिसकेको अवस्था छ। सबै राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर अहिले चुनावको वातावरण छाएको छ। र आगामी फागुन २१ मा चुनाव हुने वातावरण बनिरहेको छ। त्यसको साथै सुशासनलाई आत्मासात गर्दै सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले कामहरु अघि बढाएको छ।’

त्यस अवसरमा मन्त्री खरेलले आफूले सय दिनको अवधिमा उल्लेखनीय कार्य सम्पादन गरेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad