राजनीति


रास्वपा र नयाँ शक्तिहरू एकढिक्का भएर अगाडि बढ्छन्, देशमाथि गिद्धे नजर नलगाउनुहोला : रवि लामिछाने

रास्वपा र नयाँ शक्तिहरू एकढिक्का भएर अगाडि बढ्छन्, देशमाथि गिद्धे नजर नलगाउनुहोला : रवि लामिछाने

नेपालखबर
पुस ६, २०८२ आइतबार १६:४१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा र अन्य नयाँ राजनीतिक शक्तिहरू आवश्यक परे एकढिक्का भएर अगाडि बढ्ने स्पष्ट पारेका छन्। 

सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भई करिब आठ महिनापछि आइतबार पार्टी केन्द्रीय कार्यालय पुगेका लामिछानेले देश कमजोर अवस्थामा पुगेका बेला गिद्धे नजर लगाउन नहुने चेतावनी दिएका हुन्।

‘देश अहिले कमजोर अवस्थामा पुगेको छ। यो अवस्थामा ठाउँ-ठाउँबाट चलखेल गर्दै कमजोर बनाउन खोज्ने र आफ्नो रोटी सेक्न खोज्नेहरू सलबलाइरहेका छन्,’ लामिछानेले भने, ‘म उनीहरूलाई सलबलाउन नअनुरोध गर्न चाहन्छु।’

कमजोर अवस्थामा मुलुकलाई लुछ्ने होइन, जोगाउने बेला आएको उल्लेख गर्दै उनले सबैलाई एकजुट हुन आह्वान गरे। ‘कमजोर भएका बेला हामीले एकजुट भएर संरक्षण गर्ने बेला हो, लुछ्ने बेला होइन,’ लामिछानेले भने, ‘मुलुकलाई लुछ्ने सोच कसैले पनि राख्न जरुरी छैन। यो जोगाउने समय हो।’

उनले गिद्धे नजर लगाएर अवसर खोज्नेहरूलाई कडा सन्देश दिँदै रास्वपा र नयाँ शक्तिहरु मिलेर अगाडि जाने बताए। ‘कमजोर छ, यसैबेला केही पाइहालिन्छ कि भनेर गिद्धे नजर लगाएर नहिँड्नु होला,’ लामिछानेले भने, ‘एकचोकटा पनि पाइँदैन, किनकि यसलाई जोगाउन रास्वपा र नयाँ शक्तिहरू आवश्यक परे एकढिक्का भएर अगाडि बढ्दै छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad