राजनीति


मधेसका पूर्वमुख्यमन्त्री यादव र पूर्वसभामुख मण्डल एमाले केन्द्रीय सदस्यमा विजयी

यादव २४ दिनमै मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए भने मण्डल महाअभियोगबाट बर्खास्त भएका हुन्
मधेसका पूर्वमुख्यमन्त्री यादव र पूर्वसभामुख मण्डल एमाले केन्द्रीय सदस्यमा विजयी

नेपालखबर
पुस ३, २०८२ बिहिबार १९:३५, काठमाडौँ

मधेस प्रदेशका पूर्वसभामुख रामचन्द्र मण्डल र पूर्वमुख्यमन्त्री सरोज यादव दुवै एमाले केन्द्रीय सदस्यमा विजयी भएका छन्। 

मण्डल र यादव दुवै ओली खेमाबाट एमालेको ११ औँ महाधिवेशनमा मधेसी खुला क्लस्टरबाट उम्मेदवारी दिएका थिए। 

पदअनुकूल आचरण नगरेको आरोपमा मण्डल मधेसमा महाअभियोगबाट पदमुक्त भएका थिए। तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी भएका मण्डल पछि एमाले प्रवेश गरेका नेता हुन्। 

एमाले मधेस प्रदेश संसदीय दलका नेता यादव प्रदेशसभामा बहुमत सिद्ध गर्न नसकेपछि २४ दिनमै मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए। उनी गएको कात्तिक २४ गते बर्दिबासको एक होटलमा हतारहतार मुख्यमन्त्री नियुक्त भएपछि विवादमा परेका थिए। 

२४ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका यादव र पदअनुकूल आचरण नगरको आरोपमा प्रदेश सभामा महाअभियोगबाट पदमुक्त भएका मण्डललाई एमाले केन्द्रीय सदस्य पदमा भएको विजयीले राहत दिएको छ। 

चुनावमा मण्डलले १४ सय ८१ मत ल्याएका छन् भने यादवले १६ सय ५४ मत पाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad