नेकपा एमालेको जारी ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न बुधबार बिहान ९ बजे सुरु मतदान अझै (बिहीबार बिहान) जारी छ।
एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाले मतदान सकिन अझै कम्तीमा एक घण्टा लाग्ने जानकारी दिए।
'१९५० जति मत खस्यो होला', बिहीबार बिहान सवा ४ बजेतिर नेपालखबरसँग उनले भने, 'अब १ घण्टाजतिमा सकिएला कि?'
बुधबार बेलुका साढे नौ बजेसमम १२ सय मत खसेको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
एमाले महाधिवेशनमा कुल २२६३ मतदाता छन्।
852
Shares

प्रतिक्रिया