नेकपा (एमाले) को जारी ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व छनौट गर्न भइरहेको मतदान सुस्त गतिमा अघि बढेको छ।
बुधबार बेलुका साढे नौ बजेसमम १२ सय मत खसेको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
एमाले महाधिवेशनमा कूल २२६३ मतदाता छन्। यसआधारमा अहिलेसम्म आधाभन्दा केही बढी मत मात्रै खसेको छ।
मतदानमा ढिलाई भएपछि थप २ घण्टा समय थपिएको छ।
एक प्रतिनिधिले औसत ३० मिनेटभन्दा बढी समय मतदान गर्न लाग्ने बताइएको छ।
मतदानमा ढिलाइ भएपछि कुपन दिएर महाधिवेशन प्रतिनिधिलाई भृकुटीमण्डपमै एउटा हलमा राखिएको छ।
ऊनीहरू त्यहाँ नाचगान गरिरहेका छन्
एमाले महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर मैदानमा छन्।
भिडिओ :
360
Shares

प्रतिक्रिया