नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले निर्वाचनको परिणाम जस्तोसुकै आएपनि स्वीकार्य हुने स्पष्ट पारेका छन्।
बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पोखरेल यस्तो बताएका हुन्। उनले पार्टीभित्र प्रतिष्पर्धाको राजनीति एमालेले आत्मसाथ गरेको सिद्धान्त भएको भन्दै यसलाई अन्यथा लिन नहुने समेत बताए।
उनले पार्टीभित्र हुने प्रतिष्पर्धाले पार्टीलाई थप मजबुत र लोकतान्त्रिक बनाउन सहयोग पुग्ने भन्दै प्रतिष्पर्धालाई अस्वभाविक रूपमा लिन नहुने स्पष्ट पारे।
उनले भने, ‘पार्टीभित्र प्रतिष्पर्धाको राजनीति भनेको हामीले आत्मसाथ गरेको विचार हो। त्यसकारण यसलाई के के न होला भनेर सोच्नुहुँदैन। अरु पार्टीले यस्तो गरेको भए ओहो उत्पात राम्रो भनिन्थ्यो। एमालेले प्रतिष्पर्धाको अभ्यास गर्दाखेरी यो त राम्रो हो भन्नुपर्यो नि। प्रतिस्पर्धा गर्न तयार हुनेले प्रतिस्पर्धाबाट प्राप्त हुने परिणामलाई पनि स्वीकार गर्छ। हामी स्वीकार्छौं।’
उनले महाधिवेशन प्रतिनिधिहरुले स्वविवेक प्रयोग गर्ने भन्दै उनीहरुको मतको कदर गर्दै अगाढि बढ्नुपर्नेमा जोड दिए।
Shares

प्रतिक्रिया