राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना नेकपा (एमाले) को जारी एघारौँ महाधिवेशनमा मतदान गर्न नपाएर छटपटिएका छन्।
महाधिवेशन मनोनीत प्रतिनिधि तिमिल्सिनाका अनुसार उनको मतदाता कार्ड गृहजिल्ला पर्वतका कुनै प्रतिनिधिले बुझेर लगे। तर, उनले पाएका छैनन्।
कार्ड अभावमा बुधबार राति अबेरसम्म उनले मतदान गर्न नपाएका हुन्।
नयाँ कार्ड बनाउन प्रयास गरिरहेको बताएका नेता तिमिल्सिनाले मतदान स्लिप समेत नपाएको गुनासो गरेका छन्।
1.0k
Shares

प्रतिक्रिया