राजनीति


हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ

हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ

नेपालखबर
पुस १, २०८२ मंगलबार १९:१२, काठमाडौँ

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ पक्राउ परेका छन्। 

कुमार, विश्वक्रान्ती, देवराज उपनामले चिनिने राजकुमार तामाङलाई मंगलबार काठमाडौँको कपनबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो। तामाङलाई विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ गरिएको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले बताए। 

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, पाँचथरमा विष्फोटक पदार्थ सम्बन्धी मुद्दा दर्ता भएको थियो। त्यही मुद्दामा उनलाई मंगलबार बुढानिलकण्ठ नगरपालिका-११ कपनबाट पक्राउ गरिएको हो। थप कारबाहीका लागि उनलाई पाँचथर पठाइएको एसएसपी श्रेष्ठले जानकारी दिए। 

धनकुटाको पार्खिवास नगरपालिका-९ का ५० वर्षीय तामाङ हाल काठमाडौँको बुढानिलकण्ठ-११ कपनमा बस्दै आएका थिए। उनी यसअघि जेल सजाय भोगिसकेका व्यक्ति हुन्। 

सीआईबीका अनुसार, २०६८ फागुन १५ मा काठमाडौँ-११ बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाईम बम विष्फोट भएको थियो। त्यसमा मानबहादुर तामाङसहित तीन जनाको ज्यान गएको थियो। त्यस्तै, सोम तामाङ घाइते भएका थिए। 

त्यस घटनामा संलग्न रहेको आरोपमा उनी पनि पक्राउ परेका थिए। कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका उनलाई यसअघि २०६९ असार १२ गते पक्राउ परेका थिए। 

उनलाई केन्द्रीय कारागार, नख्खु पठाइएको थियो। उनी २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा छुटेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad