नेकपा एमालेका नेता हिक्मत कार्कीले अध्यक्ष केपी शर्मा ओली नेताहरुको पनि नेता भएको बताएका छन्।
मंगलबार महाधिवेशनस्थल भृकुटीमण्डपमा नेपालखबरसँग कुराकानी गर्दै देवहरुको पनि देव ओली नै भएको जिकिर गरे।
‘भएमध्येका उत्कृष्ठ नेता केपी ओली हो, नेताहरुको नेता,’ कार्कीले भने, ‘अथवा देवहरुको पनि देव महादेव भन्छ नि, हामीभित्र त्यति नै मात्रै फरक हो।’
कार्की ओली प्यानलबाट सचिवका उम्मेदवार रहेका छन्।
99
Shares

प्रतिक्रिया