काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ।
एमालेको निर्वाचन आयोगले विभिन्न पदका लागि परेका उम्मेदवारहरूको सम्बन्धमा दाबी, विरोध, उजुरी र छानबिनपछि मंगलबार बिहान अन्तिम नामावली प्रकाशन गरिसकेको छ।
निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटी, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका लागि गरी ३५१ पदका लागि मतदान हुँदै छ।
केन्द्रीय कमिटीका १९ पदाधिकारीमध्ये अध्यक्षमा २, उपाध्यक्षमा ११, महासचिवमा २, उपमहासचिवमा ६ र सचिवमा २० जना प्रतिस्पर्धा गर्दै छन्।
ती सबै पदका लागि आज ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदान हुँदै छ। अहिले त्यसका लागि प्राविधिक तयारी भइरहेको छ।
यसैबीच यतिबेला उम्मेदवार तथा उनीहरूका समर्थकहरूले महाधिवेशनस्थलमा प्रचार गर्दै मत मागिरहेका छन्।
हेर्नुहोस् तस्बिर :


















Shares

प्रतिक्रिया