राजनीति


महालेखाको प्रतिवेदन देखाउँदै ज्ञानेन्द्र शाहीले भने- अर्थमन्त्रीले आफ्नो गडबडी ढाकछोप गर्नुभयो

महालेखाको प्रतिवेदन देखाउँदै ज्ञानेन्द्र शाहीले भने- अर्थमन्त्रीले आफ्नो गडबडी ढाकछोप गर्नुभयो

नेपालखबर
जेठ २८, २०८३ बिहिबार १२:१५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफ्नो गलत क्रियाकलापलाई ढाकछोप गरिरहेको आरोप लगाएका छन्।

बिहीबार संसद् बैठकमा बोल्दै राप्रपाको संसदीय दलका नेतासमेत रहेका शाहीले विद्युतीय गाडीमा अर्थमन्त्री वाग्लेले गरेको गडबडीको ढाकछोप गर्ने काम भइरहेको दाबी गरे। 

‘हामीले पनि अघिल्लो संसद्मा सुशासनको पक्षमा हरियो रिबन बाँधेकै थियौँ। त्यसबेला मन्त्रीहरूमाथि प्रश्न उठ्दा हामीले संसदीय समिति माग गर्दै आन्दोलन गरेका थियौँ’, उनले भने, ‘सम्माननीय (सभामुख) पनि त्यसबेला प्रतिपक्षी बेन्चबाट आन्दोलित हुनु भएको थियो। तर विडम्बना कस्तो भने, सत्तामा पुगेपछि सबै कुरा बिर्सिने रहेछ।’

अर्थमन्त्री वाग्लेले विद्युती गाडी आयातका क्रममा गरिएको कर छलीको कुरामा झुटो बोलेको दाबी उनको थियो।  

‘अर्थमन्त्रीले संसद्‍मा उभिएर झुटो बोलेको कुरा पुष्टि भएको छ। मसँग महालेखा परीक्षकको प्रतिवेदन साथमै छ,’ उक्त प्रतिवेदनको १५२ नम्बर पृष्ठमा विद्युतीय गाडीमा गडबडी भएको दाबी गर्दै उनले भने,  ‘त्यहाँ स्पष्ट भनेक ईभी गाडीहरूमा जुन मोटर छ, त्यसको क्षमतालाई तलमाथि गरेर मात्रै २ अर्ब ८५ करोड छुट दिइएको छ।’

शाहील देशभर गरेर ३ अर्ब ७७ करोड ४४ लाख छुट महसुल तथा करका सम्बन्धमा भएको गडबडीको असुलउपर गर्नुपर्छ भनेर महालेखाले भनेको बताए।

‘गत जेठ १ गते देखि १४ गतेसम्म ३ हजार ईभी गाडी आएका छन् । गाडी आउँछन् जेठ २१ गते, भन्सार पास हुन्छ जेठ १४ गते, अनि करका दरको भेद थाहा नपाई यो हुँदैन’, शाहीले भने, ‘यसमा संसदीय समिति बनाउन किन सकिँदैन? कसैलाई दोषी करार गर्न होइन तर सरकारले यसमा संसदीय बनाएर छानबिन गरोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad