अध्यक्ष केपी शर्मा ओली समूहका नेता राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएपछि एमालेको उपमहासचिव पदमा अब ६ जनाबीच मात्रै प्रतिस्पर्धा हुने भएको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेपछि गौतमले उम्मेदवारी फिर्ता लिएका हुन्।
त्यसैले उम्मेदवारको अन्तिम नामावलीमा भने उपमहासचिव उम्मेदवारको सूचीमा उनको पनि नाम छ।

तर उनले उम्मेदवारी फिर्ता लिएकाले अब आनन्द प्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरीबीच मात्र प्रतिस्पर्धा हुनेछ।
यीमध्ये रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु रिमाल ओली टिमका हुन् भने बाँकी ३ जना वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहका हुन्।
ओलीले आफूलाई पदाधिकारीमा नपारेको भन्दै सोमबार उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गौतमले नेतृत्वसँग परामर्शपछि मंगलबार बिहान उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।
Shares

प्रतिक्रिया