सोमबार हालसम्मकै सबैभन्दा महँगो बनेको सुनको मूल्य आज घटेको छ।
सुनको मूल्य आज तोलामा एक हजार सातसय रुपैयाँ घटेर दुई लाख ५९ हजार नौसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तीन दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्य हिजो तोलाको दुई लाख ६० हजार सातसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
आज चाँदीको मूल्य भने बढेको छ।
प्रतितोला १५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको तीन हजार आठसय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
600
Shares

प्रतिक्रिया