राजनीति


मधेसमा थपिए २ मन्त्री, बिनाविभागीय २ मन्त्रीले पाए मन्त्रालय

मधेसमा थपिए २ मन्त्री, बिनाविभागीय २ मन्त्रीले पाए मन्त्रालय

नेपालखबर
मंसिर २९, २०८२ सोमबार १९:४३, काठमाडौँ

मधेश प्रदेश सरकारमा दुई मन्त्री थप भएका छन्। 

मुख्यमन्त्री कृष्णप्रसाद यादवले माओवादी केन्द्रबाट एक र लोसपाबाट एक मन्त्री थप गरेर सोमबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्। 

माओवादी केन्द्रबाट जवाहरलाल कुशवाह र लोसपाबाट रानी कुमारी तिवारी मन्त्री नियुक्त भएका छन्। कुशवाहालाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने तिवारीले शिक्षा तथा संस्कृति मन्त्रालय पाएकी छन्। 

मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। 

त्यसैगरि मंसिर २१ गते नै बिनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका कांग्रेसका जंगीलाल राय एकीकृत समाजवादीका कनिष पटेलले पनि आज मन्त्रालय पाएका छन्। 

मुख्यमन्त्री यादवले रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएका छन् भने पटेलले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

मुख्यमन्त्री यादवले आफूले शपथ लिएकै दिन जनमत पार्टीबाट महेश यादवलाई अर्थमन्त्रीमा नियुक्त गरेका थिए। 

आज विस्तार भएसँगै मधेसमा मन्त्रिपरिषदको संख्या ६ पुगेको छ। अझै सत्ता गठबन्धनको ठूलो दल जसपाबाट मन्त्री नियुक्त भएको छैन। 

मुख्यमन्त्री यादवसँग अझै भौतिक पूर्वाधार, भूमि, खेलकुद, सञ्चार र वन मन्त्रालय बाँकी छ। 

कांग्रेसका मधेस प्रदेश संसदिय दलका नेता यादव यही मंसिर १९ गते एमालेबाहेकको सात दलीय गठबन्धनका ७८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।  

सत्तारुढ दलहरूबीच मधेस प्रदेश सभाका सभामुखमा पनि सहमती हुन बाँकी छ। एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डल महाअभियोगबाट बर्खास्त भएपछि मधेसमा अहिले सभामुख पद खाली छ। 

मधेसमा सभामुखमा जसपा र माओवादी केन्द्रले दाबी गर्दै आएका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad