ग्लोबल


यस्तो छ अस्ट्रेलिया गोलीकाण्डको आरोप लागेका यी बाउ-छोराको कथा

यस्तो छ अस्ट्रेलिया गोलीकाण्डको आरोप लागेका यी बाउ-छोराको कथा

साजिद अक्रम र उनका छोरा नविद अक्रमको फाइल तस्बिर


नेपालखबर
मंसिर २९, २०८२ सोमबार १९:५९, काठमाडौँ

आइतबार अस्ट्रेलियाको सिड्नीस्थित ‘बोन्डी बिच’मा १५ जनाको ज्यान जानेगरी गोली प्रहार गर्ने दुई व्यक्ति बुवा र छोरा भएको त्यहाँको प्रहरीले जनाएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार गोली चलाउनेहरू ५० वर्षीय साजिद अक्रम र उनका छोरा २४ वर्षका नविद अक्रम हुन्। आक्रमणविरुद्ध प्रहरीले तत्काल गोली चलाउँदा बुवा घटनास्थलमै मारिएको र छोरा गम्भीर घाइते भएको बताइएको छ।  

आइतबार बोन्डी बिचमा यहुदी पर्व हनुक्का मनाइरहेको भिडमा ती बाउछोराले गोली चलाउँदा १५ जनाको मृत्यु भएको र ४२ जना घाइते भएको प्रहरीले जनाएको छ। 

एक वरिष्ठ अधिकारीले अस्ट्रेलियाली प्रसारक एबीसी न्युजलाई बताएअनुसार आक्रमणकारीहरूको कारमा इस्लामिक स्टेट (आईएस) को झन्डा भेटिएको छ।

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्य प्रहरी आयुक्त मेल लेननले सोमबार आयोजित पत्रकार सम्मेलनमा साजिद अक्रमसँग सिकार गर्ने बन्दुकको इजाजतपत्र रहेको र उनी एक बन्दुक क्लबका सदस्य पनि रहेको खुलेको बताए। 

अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कका अनुसार, साजिद अक्रम १९९८ मा विद्यार्थी भिसामा अस्ट्रेलिया आएका थिए। सन् २००१ मा उनको भिसालाई पार्टनर भिसामा रूपान्तरण गरिएको थियो र पछि उनले रेसिडेन्ट रिटर्न भिसा प्राप्त गरे।

यस्तै उनका छोरा नविद अस्ट्रेलियामै जन्मेका थिए र उनी त्यहीँका नागरिक थिए। 

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले अक्रमप्रति अक्टोबर २०१९ मै सुरक्षा एजेन्सीहरूको ध्यानाकर्षण भएको बताएका छन्। तर त्यतिबेला उनी निरन्तर रूपमा कुने हिंसामा संलग्न देखिएनन्।

एबीसी न्युजका अनुसार, ‘दुवै बन्दुकधारी आईएसआईएस आतंकवादी संगठनप्रति प्रतिबद्ध रहेको’ विश्वास अस्ट्रेलियाली प्रहरीले गरेको छ। 

आतंकवादी हमलापछि अस्ट्रेलियाको बोन्डी बिच क्षेत्रमा अहिले त्रास र शोकको वातावरण छ।  

आइतबार बोन्डी बिचमा भएको बन्दुक आक्रमणमा मारिएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक महिला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad