राजनीति


यी हुन् ओली पक्षका १९ पदाधिकारी उम्मेदवार, महासचिव पोखरेल नै, गुरुङ र ज्ञवाली उपाध्यक्ष

यी हुन् ओली पक्षका १९ पदाधिकारी उम्मेदवार, महासचिव पोखरेल नै, गुरुङ र ज्ञवाली उपाध्यक्ष

नेपालखबर
मंसिर २९, २०८२ सोमबार ११:४९, काठमाडौँ

नेकपा एमालेको केपी शर्मा ओली पक्षले उदाधिकारीका उम्मेदवार टुंगो लगाएको छ। 

उपाध्यक्षहरूमा रामबहादुर थापा, विष्णु पौडेल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ रहने छन्। महासचिवका आकांक्षी रहेका प्रदीप ज्ञवाली पनि उपाध्यक्षकै उम्मेदवार बन्ने छन्।

महासचिवमा शंकर पोखरेल दोहोरिँदा उपमहासचिवमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुवी महासेठ उम्मेदवार बन्ने छन्।

त्यस्तै लेखराज भट्ट, पद्मा अर्याल र छबिलाल विश्वकर्मा फेरि सचिवमै दोहोर्‍याउने भएको छ। 

त्यस्तै सचिवको बाँकी उम्मेदवारमा यमलाल कँडेल, शेरधन राई, खगराज अधिकारी, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad