खेल


लगातार विकेट गुमाउँदा बंगलादेशविरुद्ध दबाबमा नेपाल

लगातार विकेट गुमाउँदा बंगलादेशविरुद्ध दबाबमा नेपाल

फाइल तस्बिर


नेपालखबर
मंसिर २९, २०८२ सोमबार १२:०, काठमाडौँ

यू–१९ एसिया कपमा बंगलादेशविरुद्ध लगातार विकेट पतनसँगै नेपाली युवा टोली दबाबमा आएको छ।

यूएईको दि सेभेन्स स्टेडियममा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले ४ विकेट गुमाइसकेको छ। 

नेपालले ११ ओभरमा ४ विकेटको क्षतिमा ६० रन बनाएर खेलिरहेको छ। पावर प्लेमा २ विकेटको क्षतिमा ५८ रन बनाएको नेपालले बाँकी ६ रन जोड्दा २ विकेट गुमाएको हो।

क्रिजमा सिवरिन श्रेष्ठ ४ रनमा नटआउट छन्। निरज कुमार यादव १४ रन बनाउँदा विकेटकिपरको हातबाट क्याच आउट भए। वंश क्षेत्री ४ रन बनाउँदा सहरिया अल–अमिनको बलमा बोल्ड आउट हुन पुगे। निश्चल क्षेत्री शुन्य गोल्डेन डक आउट भए। 
त्यसअघि सातौ ओभरको चौथो बलमा ओपनर साहिल पटेल १८ रन बनाउँदा साद इस्लामको बलमा रिफाट वेगको हातबाट क्याच आउट हुन पुगे। 

सेमिफाइनलमा स्थान बनाउन नेपाली युवा टोलीलाई आजको खेलमा जितको आवश्यकता छ। पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको नेपाली युवा टोली पहिलो जितको खोजीमा छ।

बंगलादेशले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानमाथि ३ विकेटको जित निकालेको थियो। पहिलो हारसँगै नेपाल समूह ‘बी’को अंक तालिकाको पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad