राजनीति


एमाले महाधिवेशनमा उम्मेदवार नबन्ने अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीको घोषणा

एमाले महाधिवेशनमा उम्मेदवार नबन्ने अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीको घोषणा

नेपालखबर
मंसिर २८, २०८२ आइतबार १३:३५, काठमाडौँ

नेकपा (एमाले)को एघरौँ महाधिवेशनमा उम्मेदवार नबन्ने उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले घोषणा गरेका छन्। 

महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि काठमाडौँको भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा शाक्य र ज्ञवालीले उम्मेदवार नबन्ने घोषणा गरेका हुन्। केन्द्रीय कमिटी बैठकमा बोल्दै उपाध्यक्ष शाक्यले भनिन्, ‘अब म यो ११औं महाधिवेशन लड्दिनँ, कुनै पनि उम्मेदवार हुन्न।’

उपाध्यक्ष शाक्यले आफू ७० वर्ष पुगेकाले उम्मेदवार नबन्ने बताएकी हुन्। उनी ७० वर्षे उमेरहदको पक्षमा छिन्। यसअघि एमालेको विधानमा ७० वर्षे उमेरहद राखेको थियो। तर, अध्यक्ष केपी शर्मा ओलीले तेस्रो पटक अध्यक्षको उम्मेदवार बन्द उमेरहद हटाएका थिए। 

त्यस्तै, अर्का उपाध्यक्ष ज्ञवालीले पनि ७० वर्ष नाघेकाले महाधिवेशनमा उम्मेदवार नबन्ने बताए। केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले भने, ‘म ७० वर्ष पुगेँ, अब फेरि चुनाव उठ्दिनँ।’ 

उनी पनि ७० वर्षे उमेरहदका पक्षमा छन्। उमेरहद लगाउँदा पार्टीमा पुस्तान्तरण गर्न सजिलो हुने उनको मत छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad