राजनीति


ओलीले ३ महिनामै उल्ट्याए पार्टीको विधान, दसौँ महाधिवेशनकै व्यवस्थामा फर्कियो एमाले

ओलीले ३ महिनामै उल्ट्याए पार्टीको विधान, दसौँ महाधिवेशनकै व्यवस्थामा फर्कियो एमाले

नेपालखबर
मंसिर २८, २०८२ आइतबार १३:२७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधानमा रहेको पदाधिकारी र केन्द्रीय समितिसम्बन्धी व्यवस्था तीन महिनामै उल्ट्याएका छन्।

गत भदौमा भएको विधान महाधिवेशनले दसौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको संख्या घटाए पनि एघारौँ महाधिवेशनमा आफूपक्षीय नेता व्यवस्थापनका लागि अध्यक्ष ओलीले पहिलेको व्यवस्था फर्काएका हुन्।

महाधिवेशन उद्घाटनको अघिल्लो दिन शुक्रबार साँझ बसेको एमाले सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले विरोध गरेपछि विधान संशोधनको प्रस्ताव फिर्ता लिन बाध्य भएका ओलीले आज (आइतबार) बिहान बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक राखेर त्यो प्रस्ताव बहुमतबाट अनुमोदन गराएका हुन्।   

जसअनुसार अब एमालेमा १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी कायम भएको स्थायी कमिटी सदस्य शेरबहादुर तमाङले जानकारी दिए। यसअघि गत भदौमा मात्र भएको विधान महाधिवेशनले १५ पदाधिकारी मात्र कायम गर्दै केन्द्रीय कमिटी २५१ सदस्यीयमा झारेको थियो।

तर त्यसलाई आज उल्ट्याइएसँगै एमालेमा अध्यक्षसहित उपाध्यक्ष ५, महासचिव, उपमहासचिव ३ र सचिव ९ जना रहने भएका छन्। यस्तै पोलिटब्युरो कमिटी ९९ सदस्यीय हुनेछ भने स्थायी कमिटीमा यसको एकतिहाइ सदस्य रहनेछन्। 

आज पनि ईश्वर पक्षका नेताले विधान संशोधनको विरोध गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad