नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव देव गुरुङले अहिलेको अवस्थमा कम्युनिस्ट एकताको विकल्प नभएको बताएका छन्।
नेकपा (एमाले)को एघारौँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै महासचिव गुरुङले अहिलेको अवस्थामा कम्युनिस्ट एकता जरुरी रहेको बताए। यसका लागि आफ्नो पार्टीले प्रयास गरिरहेको बताउँदै भने, ‘कम्युनिस्टहरू एकताबद्ध हुनुको विकल्प छैन। बामपन्थी एकताको विकल्प छैन। राष्ट्रवादी शक्तिसँगसहकार्य गर्दै अघि बढ्नुपर्छ।’
एमालेको महाधिवेशनले पनि त्यसका लागि आवश्यक निर्णय गर्नुपर्ने उनको भनाइ थियो। अहिलेको अवस्थामा कम्युनिस्ट एकजुट हुनुपर्ने बताउँदै गुरुङले भने, ‘कम्युनिस्टहरूको एकीकरण अनिवार्य छ।’
99
Shares

प्रतिक्रिया