खेल


ट्रम्पलम्यानले झारे सुदूरको दोस्रो विकेट

ट्रम्पलम्यानले झारे सुदूरको दोस्रो विकेट

नेपालखबर
मंसिर २७, २०८२ शनिबार १५:४९, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो ओभरमै पहिलो विकेट गुमाएको  सुदूरपश्चिम रोयल्सले तेस्रो ओभरमा पुनः अर्को विकेट गुमाएको छ। 

रुबेन ट्रम्पलम्यानले नै व्यक्तिगत दोस्रो विकेट झारेका हुन्। 

सुदूरपश्चिमका शेल्डन ज्याक्सन १ रनमै एलबीडब्लु धरापमा परेका हुन्। उनले ३ बलमा १ रन मात्र जोडे।  

यसअघि ओपनर विनोद भण्डारी ट्रम्पलम्यानकै बलमा शून्य रनमा आउट भएका थिए। 

लगातारको विकेट पतनले सुदूरपश्चिमलाई सुरुवाती दबाब सिर्जना भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad