नेकपा एमालेले ११ औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि छुट्टै झोलाको व्यवस्था गरेको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलबाट प्रतिनिधिहरूका लागि झोला वितरण गरिएको हो। महाधिवेशन प्रतिनिधिहले लाइन लागेर झोला लिएका हुन्।
झोलामा गत भदौमा भएको दोस्रो विधान महाधिवेशनबाट पारित भएका राजनीतिक, संगठनात्मक प्रतिवेदन र विधान बाँडिएको छ।
विधान महाधिवेशनमा पनि छुट्टै खाले झोला वितरण गरिएको थियो।
एमालेको ११ औं महाधिवेशनका लागि २ हजार २ सय प्रतिनिधि रहेका छन्। 











321
Shares

प्रतिक्रिया