अपराध


जेनजी आन्दोलनमा भागेका २२ मुद्दाका आरोपी फेरि १६ लाख चोरीमा पक्राउ

जेनजी आन्दोलनमा भागेका २२ मुद्दाका आरोपी फेरि १६ लाख चोरीमा पक्राउ

नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार १७:४१, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका २२ मुद्दा लागेका युवक फेरि १६ लाख रुपैयाँ चोरीको आरोपमा पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त गौसलाको टोलीले शुक्रबार चोरीको आरोपमा दीपक गजुरेललाई पक्राउ गरेको हो। उनलाई १० लाख रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

केही दिनअघि सिनामंगलस्थित राजश्री बचत तथा ऋण सहकारी संस्थाबाट करीब १६ लाख रुपैयाँ चोरी भएको थियो। सहकारी संस्थाले दिएको उजुरीको आधारमा गौसला प्रहरीको टोलीले खोजबिन थालेको थियो। 

त्यही क्रममा दीपकलाई शुक्रबार प्रक्राउ गरिएको हो। उनको साथबाट करिब १० लाख रुपैयाँ पनि बरामद गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ। 

नुवाकोटको बेलकोट नगरपालिका-९ का दीपकलाई काठमाडौँ महानगरपालिका-८ रातोपुलस्थित चेम्बर होटलबाट पक्राउ गरिएको हो। यसअघि उनी विरुद्ध २२ वटा मुद्दा लागेका थिए। जसमध्ये २० वटा मुद्दा सहकारी चोरीकै थिए। 

त्यस्तै, एउटा मुद्दा लागूऔषधको थियो। अर्को चोरीको मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत, काठमाडौँले आदेश दिएको थियो। त्यही मुद्दाका क्रममा उनी पुर्पक्षका लागि केन्द्रीय कारागार, सुन्धारामा रहेका थिए। 

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागारमा पनि तोडफोड गरिएको थियो। त्यही वेला दीपक पनि कारागारबाट भागेका थिए। 

जेनजी आन्दोलनमा कारागारबाट भागेपछि उनी फेरि चोरी संलग्न भएको पाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, त्यही क्रममा उनले राजश्री सहकारीमा चोरी गरेको पाइएको छ। 

उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँलेले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad