राजनीति


देउवाबारे ओली : क्षमता भएर पटक-पटक प्रधानमन्त्री बन्नु भयो, झुक्याएर होइन

देउवाबारे ओली : क्षमता भएर पटक-पटक प्रधानमन्त्री बन्नु भयो, झुक्याएर होइन

नेपालखबर
मंसिर २५, २०८२ बिहिबार १४:२४, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन्। 

बिहीबार एमालेको ११ औँ महाधिवेशनबारे सम्पादकहरुसँगको छलफलमा क्षमता भएर नै पटक-पटक देशको प्रधानमन्त्री बनेको उल्लेख गरे।

‘शेरबहादुर देउवा जस्तो प्रमुख नेता, पटक पटक प्रधानमन्त्री भएको,’ ओलीले भने, ‘अरुले रिस गर्नु बेग्लै हो। क्षमता रहेछ र त प्रधानमन्त्री बन्नु भयो। त्यो पनि देशले पत्याएर। झुक्याएर त प्रधानमन्त्री बनेको होइन नि।’

संसद्मा जनतबाट चुनिएर आएका प्रतिनिधिले नै प्रधानमन्त्री बनाएको उनको जिकिर छ। ‘संसद्ले छानेर प्रधानमन्त्री भएको। संसद्मा जनताले छानेर प्रतिनिधि थिए। कसैले रिस गर्नु बेग्लै कुरा हो,’ ओलीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad