नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब पनि एमाले र कांग्रेसले नै देश चलाउने बताएका छन्।
बिहीबार ११ औँ महाधिवेशनबारे सम्पादकहरुसँगको छलफलमा अहिले केही क्षणलाई ग्रहण लागेजस्तै मात्रै भएको उल्लेख गरे।
‘एमाले र नेपाली कांग्रेस देशका दुई प्रमुख पार्टी हुन्,’ ओलीले भने, ‘ऐतिहासिक पार्टी हुन्। इतिहासमा योगदान गरेका, जनाधार भएका पार्टी हुन्। आज एकछिन सूर्यग्रहण लागे जस्तै हो।’
फेरि पनि देश दुई पार्टीले नै चलाउने जिकिर उनले गरे। ‘आँधी, तुफान चले जस्तै हो। फेरि पनि हुने भनेको एमाले कांग्रेस नै हुन। भोलि पनि यो देश चलाउने,’ ओलीले भने।
213
Shares

प्रतिक्रिया