सर्लाही प्रहरीले एक युवकलाई ९५ हजार रुपैयाँ नक्कली नोटसहित पक्राउ गरेको छ।
भारतबाट नेपाल आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय सिमरा फेन्हारा सर्लाहीको टोलीले गएराति उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका- ५ छपकैया बस्ने करिब ३० वर्षीय फिरोज खान रहेका छन्। उनले पछाडीको गोजीमा राखेको अवस्थामा एक हजार दरका ९५ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका बरिष्ठ हबलदार राहुल मिया धोबीको कमाण्डमा खटिएको टोलीले जाँच गर्ने क्रममा भारततर्फबाट सिमरातर्फ आउँदै गरेको अवस्थामा अनटेस्ट मोटरसाइकलसहित खानलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
258
Shares

प्रतिक्रिया